कम्युनिष्ट सरकारले जनताको अधिकार खोस्न विभिन्न विद्येयक ल्याएको सभापति देउवाको भनाई

रिपोर्ट नेपाल | 2019 Oct 28 | 02:33 pm 1458

भक्तपुर, कात्तिक ११: प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले देश निकै अप्ठ्यारो अवस्थामा रहेको बताएका छन्।

नेपाली काँग्रेस भक्तपुरले सोमबार नेपाल सम्वत ११४०, तिहार र छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले कम्युनिष्ट सरकारले जनताको अधिकार खोस्न विभिन्न विद्येयकहरु ल्याएको र कर बढाएर जनताको ढाड सेकाउने जस्ता काम गरेर जनतालाई दुःख दिईरहेको आरोप लगाएका छन् ।

सरकारले उपभोक्ताको नाममा ठूलो भ्रष्टाचार गरिरहेको पनि बताए । उनले कम्युनिष्ट सरकारलाई जवाफ दिन कै लागि यो उपनिर्वाचन कुनै पनि हालतमा नेपाली काँग्रेसलाई जिताउनुपर्ने दाबी गरे । नेपाली काँग्रेसलाई जिताउन सबै कार्यकर्ता एक जुट भएर लाग्न निर्देशन पनि दिएका छन् ।

नेपाली काँग्रेस भक्तपुरले नेपाल सम्वत ११४०, तिहार र छठ पर्वको शुभकामना आदान प्रदान कार्यक्रम प्रत्येक बर्ष म्हःपूजाको दिनमा गर्दै आएको कार्यक्रम यो बर्ष तिथि गडबडीका कारण सोमबार नै आयोजना गरिएको आयोजक कमिटीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.