आगलागीबाट सोलुखम्बुमा छ लाख बराबरको क्षति

रिपोर्ट नेपाल | 2019 Oct 28 | 02:06 pm 1449

सोलुखुम्बु, कात्तिक ११: लक्ष्मीपूजामा बालिएको दियोबाट आगो सल्किएर सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २, का वडा सदस्य रुपा नेवारको घरमा आगलागी भएको छ ।

उक्त आगलागीबाट ६ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक डीएसपी नारायण प्रसाद चिमरीयाले जानकारी दिए ।

आगलागीबाट लक्ष्मीपूजाका क्रममा राखिएको नगद एक लाख ५० हजार, ५ तोला सुन, १० तोला चाँदी, ५ माना सिक्का पैसासहित कोठाभित्र रहेको सम्पूर्ण सामग्रीहरु जलेर नष्ट भएको प्रहरीले जनाए ।

प्रहरीका अनुसार आगोले नेवारको ढुँगा माटोले बनेको ३ तले घरको पूजाकोठा जलेर नष्ट भएको छ । साझँ पौने आठ बजे सुरु भएको आगलागी राति साढे ९ बजे स्थानीय र प्रहरीको सकृयतामा लियन्त्रणमा लिइएको थियो ।

तत्काल थाहा भएर आगो नियन्त्रणमा लिन सफल भएकाले ठूलो क्षति हुनबाट जोगिएको स्थानीयले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.