सिन्धुपाल्चोक, कात्तिक १०: लामोसाँघुमा रहेको विद्युत सबस्टेशनमा आइतबार आगलागी भएको छ ।
उक्त आगलागी नेपाल आर्मी, सशस्त्र प्रहरी नेपाल प्रहरी स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायताले नियन्त्रणमा लिने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रमुख, एसपी प्रज्वल महर्जनले जानकारी दिए ।
सो सबस्टेशनमा रहेको तेलमा समेत आगलागी भएकोले नियन्त्रणमा कठिनाइ भएको उनले बताए ।
नियन्त्रणमा आइनसकेकोले आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको छ । आगलागी कारण भएको हो पत्ता लागेको छैन ।