काठमाडौं, कात्तिक ९: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आईटीएफ सेन्जेन इन्टरनेशनल सिनियर सर्किटको पहिलो खेलमा विजयी भएका छन् ।
शनिबारदेखि चीनको सेन्जेन शहरमा सुरु भएको उक्त प्रतियोगितामा राप्रपा अध्यक्ष थापाले चीनका ओउ सिहाङलाई ६–०, ६–० ले पराजित गराएका हुन् ।
नेपाल भ्रमण वर्ष २०२० को प्रवर्द्धनका लागि थापा भ्रमण वर्ष अंकित जर्सी लगाएर टेनिस कोर्टमा उत्रेका थिए । प्रतियोगितामा भाग लिएका थापाबाट नेपाल भ्रमण वर्षलाई सहयोग पुग्ने बताइएको छ ।