एक मधेश एक प्रदेश सम्भव नभएको उपसभापति गच्छदारको भनाई

| 2019 Oct 26 | 04:48 pm 1643

काठमाडौं, कात्तिक ९: नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले ‘एक मधेश एक प्रदेश’ सम्भव नभएको बताएका छन् ।

कांग्रेसबाट निर्वाचित गोदावरी नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्बोधन गर्ने क्रममा उक्त कुरा बताएका हुन् । उनले म भन्दा ठूलो पार्टी हो, पार्टीभन्दा मधेश । र, मधेशभन्दा देश ठूलो भएकाले यसलाई विभाजन गरेर हासिल गर्न नसकिने बताए ।

उपसभापति गच्छदारले पार्टीको स्वार्थभन्दा माथि उठेर मुलुकलाई विभाजन गर्न नहुने प्रष्ट पारे।

आफू अहिले सत्तामा नरहेको बताउँदै उनले थारु र जनजातिको हकमा लडेको मान्छेले समग्र मुलुकको हितमा लड्नुपर्ने बताए। उनले कांग्रेसभित्र त्यसकै निम्ति लागि परेको उल्लेख गरे।

गच्छदारले नयाँ युवा पुस्तालाई पुराना व्यक्तिको कदर गर्दै उनीहरुको योगदानलाई बिर्सनु नहुने बताए। देश निर्माणमा युवापुस्ता अनुशासित भएर अघि बढ्नुपर्ने गच्छेदारको भनाइ थियो। गच्छदारले आफ्ना कार्यकर्तालाई उच्च मनोबल र दृढताका साथ प्रजातान्त्रिक लोकतन्त्रमा अघि बढ्न आग्रह गरे।

ललितपुर कांग्रेस सभापति मदनबहादुर अमात्यले पञ्चायती र व्यक्तिवादी प्रवृत्तिबाट माथि उठेर लोकतान्त्रिक प्रवृत्तिमा लाग्न कार्यकर्तालाई आग्रह गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.