‘एक-अर्कालाई गाली नगरी सबै मिलेर पार्टी भित्रै समस्याको समाधान खोज्नु पर्छ’ -डा महत

रिपोर्ट नेपाल | 2018 Jun 23 | 03:46 pm 3688

रामेछाप, ९ असार :   कांग्रेस नेता एवं पूर्व अर्थमन्त्री डा. रामशरण महतले एकले अर्कालाई गाली गर्ने भन्दा सबै मिलेर पार्टी भित्रै समस्याको समाधान खोज्नु पर्ने बताएका छन् ।

रामेछापको मन्थलीमा नेपाल प्रेस यूनियन रामेछापले शनिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा डा। महतले यस्तो बताएका हुन् ।

उनले पार्टीमा देखिएका विसंगति अन्त्य गरी कांग्रेसलाई पहिलेकै अवस्थामा पुर्‍याउन आन्तरिक व्यवस्थापन गर्नुपर्ने भन्दै यसको मूल दायित्व नेतृत्वको भएको बताए ।

अहिलेको पार्टी नेतृत्वसंग सन्तुष्ट हुने ठाँउ नभएको समेत बताए । ‘व्यक्तिगत रुपमा अहिलेको नेतृत्वसंग म सन्तुष्ट छैन,’ उनले भने, ‘आन्तरिक व्यवस्थापनकै कमजोरीले कांग्रेस पराजित भएको हो । नेतृत्व, संगठन र व्यवस्थापन सबै मिलाएर अघि बढाउनु पर्ने मुख्य दायित्व नेतृत्वको हो ।’

डा। महतले सरकारको बहुमत हुँदाहुँदै प्रधानमन्त्री केपी ओलीले दुइतिहाई खोजेर निरकुंश बाटोमा अघि बढ्न खोजेकोबताए । सरकारले कर्मचारीतन्त्रमा असमान व्यवहार गरेको आरोप लगाउँदै उनले प्रधानमन्त्रीले धेरै कार्यालयहरुलाई आफ्नो मातहतमा ल्याएर आफै अप्रेशनतिर लागेकोबताए । ‘प्रधानमन्त्रीले व्यवस्थापन गर्ने हो आफै अप्रेशनमा लाग्ने हैन,’ उनले भने ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.