काठमाडौं, कात्तिक ८: आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि कास्की– २ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले विद्या भट्टराईलाई उमेद्वार घोषणा गरेको छ ।
पूर्वपर्यटनमन्त्री रविन्द्र अधिकारीको निधन भएपछि कास्की– २ को सांसद पद रिक्त थियो । उक्त रिक्त पदका लागि उनै रविन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईलाई उमेदवार बनाएकी हुन् ।
शुक्रबार बसेको नेकपा जिल्ला कमिटीको बैठकले विद्याको मात्र नाम सिफारिस गर्ने घोषणा गरेको छ ।