रुकुम (पश्चिम), कात्तिक ८ ट्रयाक्टर दुर्घटना हुँदा रुकुम पश्चिममा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सानीभेरी गाउँपालिका–१ का २२ वर्षीय ट्रयाक्टर चालक महेन्द्र विक र २७ वर्षीय चन्द्रबहादुर विक रहेका छन् ।
चौरजहारी नगरपालिकाबाट सानीभेरी गाउँपालिकातर्फ आउँदै गरेको भे १ त ५१०७ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको प्रहरीले जानकारी दिए।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार, बिहीबार बेलुकी साढे सात बजेतिर चौरजहारी नगरपालिका–९, सल्यानीपधेरामा भएको दुर्घटनामा दुवै जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
चालकले माद्यपदार्थ सेवन गरेर ट्रयाक्टर चलाएका कारण दुर्घटना भएको डीएसपी खड्काले बताए । ट्रयाक्टर मध्यपहाडी लोकमार्गबाट झण्डै २० मिटर तल खसेको जनाइएको छ ।