लाखौं मुल्य बराबरको भन्सार छलीका कपडा बरामद

| 2019 Oct 25 | 01:57 pm 2024

बारा, कात्तिक ८: भारतबाट अवैध रुपमा भन्सार छली गरी ल्याएका लाखौं मुल्य बराबरको कपडा प्रहरीले बरामद गरेको छ ।

बारा सिम्रौनगढ नगरपालिका वडा नं ११ भगवानपुर टोलका संजय जैसवालले भारतबाट भन्सार छली गरी विभिन्न किसिमका लत्ता कपडा नेपाल भित्राई आफ्नो घरमा लुकाई छिपाई राखेको अवस्थामा बरामद गरेको प्रहरीले जानकारी दिए ।

विशेष सूचनाको आधारमा बिहीबार जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले जैसवालको घर रितपुर्वक खानतलासी गर्दा उक्ता कपडा बरामद गरेको हो ।

कपडा अन्दाजी ३९ लाख ४६ हजार ६१ रुपौयाँ बराबरको रहेको प्रहरीको अनुमान छ । विभिन्न किसिम कपडा साडी, सुटिङ सर्टिङ, कुर्ता सुरुवाल, थान कपडा,
लहंगा, गम्छा, बच्चाको कपडा ईत्यादी फेला पारी बरामद गरी ल्याई भन्सार ऐन अनुसार आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पर्सामा पठाउने तयारी भईरहेको बुझिएको छ ।

त्यसैगरी बिल भन्दा बढी सामान लोड भएको ट्रक राजश्व कार्यालयमा पठाईएको छ ।

शुक्रबार बिहान करिब १ बजेको समयमा ईलाका प्रहरी कार्यालय जितपुर बाराबाट खटिएको प्रहरी चेकिङ टोलीले जितपुरसिमरा उपमहानगरपालिका वडा नं ७ स्थित जितपुर सडकमा वीरगंजबाट काठमाडौं तर्फ जान लागेको ना ४ ख ६५६ नं को ट्रक पक्राउ गरेको हो ।

ट्रकलाई रोकी चेकजाच गर्ने क्रममा उक्त ट्रकमा बिल भन्दा बढी किराना सामान, कपडा लोड गरी ल्याएको अवस्थामा फेला पारी उक्त मालसामान सहित ट्रक थप अनुसन्धान तथा कारवाहीको लागि राजश्व अनुसन्धान विभाग कार्यालय पथलैया,बारामा पठाईएको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.