बढ्यो सुनचाँदीको मुल्य

| 2019 Oct 25 | 01:04 pm 2433

काठमाडौं, कात्तिक ८: केही दिन स्थीर रहेको सुनचाँदीको मुल्य शुक्रबार केही रुपैयाँले बढेको छ ।

सुन तोलामा ६ सय रुपैयाँ बढेर शुक्रबार तोलाको ७१ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

बिहीबार र बुधबार तोलाको ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदी शुक्रबार तोलामा १० रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँ पुगेको छ ।

गत शुक्रबारदेखि बिहीबारसम्म चाँदी तोलाको ८ सय ५० रुपैयाँमा कारोबार भएको चाँदीको भाउ एक हप्तापछि बढेको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.