आपूर्ति व्यवस्था विभागद्वारा फूलको माला अनुगमन गरिने

रिपोर्ट नेपाल | 2019 Oct 25 | 10:48 am 2481

काठमाडौं, कात्तिक ८: वाणिज्य तथा आपूर्ति व्यवस्था विभागद्वारा तिहारमा फूलको माला, मिठाइ र जङ्क फुडको बजार मूल्य मात्र अनुगमन गरिने भएको छ।

विभागले बिहीबार राजधानीको विभिन्न स्थानका बजारमा मिठाइ, काजु र किसमिसको मूल्य अनुगमन गरिरहेको वाणिज्य तथा आपूर्ति व्यवस्था विभागका अधिकृत दिपक पोख्रेलले बताए।

बजार अनुगमन गर्दा सबै खाद्य सामग्रीमा र जङक फुडमा मूल्य सूची टाँसेर बिक्री वितरण गरिरहेको पाइएको उनले जानकारी दिए। उनका अनुसार धैरै जसो पसलले मूल्य सूची टाँसेका छन्।

मूल्य सूची नराखेमा ५० हजार देखि १ लाख सम्म जरिवाना गराइने ऐनमा व्यवस्था रहेको छ । गुणस्तरहीन सामग्री बजारमा पाइने हल्ला भएकोले पनि अनुगमन तीव्र रुपमा बढाइरहेको उनले बताए।

बजारमा व्यापक गुणस्तरहीन र अवैध रुपमा सामान भित्र्याइएको हल्ला छ त्यसको लागि यसपटक स्थानीय सरकार वाणिज्य विभागले सहकार्य गरी एकसाथ गम्भिरताका साथ अनुगमन गरिने पोख्रलले जानकारी दिए ।

काठमाडौं महानगरपालिकासँग सहकार्य गरी आइतबार देखि बजार अनुगमन गरिने उनले बताए। महानगर भित्र बढी बजार भएकोले पनि महानगरसँग सहकार्य गर्नु परेको उनले प्रष्ट पारे।

खाद्य विभागले पनि बजारमा अनुगमन गरिरहेको उनको भनाइ छ। काठमाडौं महानगरपालिका र वाणिज्य विभागका कर्मचारीसँग मिलेर बजार अनुगमन गरिने काठमाडौं महानगरपालिकाको प्रवक्ता इश्वरमान डंगोलले बताए। महानगरको असन, इन्द्रचोक र कालीमाटी क्षेत्रमा बजार अनुगमन गरिने उनले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.