बारा, कात्तिक ७: अवैध रुपमा गाई भैसी भरततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको छ ।
बिहीबार बिहान करिब ८ः १५ बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।
बारा प्रसौनी गाउँपालिका वडा नम्बर १ स्थित सडकमा बारा बिश्रामपुर गाउँपालिका ५ का ४६ वर्षीय प्रकाश साहले नेपालबाट भारत तर्फ लैजादै गरेको भैसी ४ वटा, पाडा ७ वटा फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिए ।
नियन्त्रणमा लिइएको उक्त भैसी पाडा करिब १ लाख ४६ हजार मुल्य बराबर रहेको प्रहरीले अनुमान गरेको छ ।
भैसी पाडा सहित साहलाई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पर्साबाट खटी आएका सरोकारवालाको जिम्मा लगाईएको प्रहरीले जनाए ।
त्यसैगरी बिहीबार (आजै) बिहान अन्दाजी ३ बजेको समयमा प्रहरी चौकी बसन्तपुर बाराबाट खटिएको प्रहरी टोलीले बारा देवताल गाउँपालिका वडा नम्बर ७ स्थित सडकमा नेपालबाट भारत तर्फ लैजान लागेको गाई ३, बच्छा २, बाच्छी १ वटा फेला पारी नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा लिएका ती गाई बाछालाई आवश्यक कारवाहीको लागि मुल भन्सार कार्यालय वीरगंज पर्साका आधिकारीक प्रतिनिधिको जिम्मा लगाईएको प्रहरीले बताए ।