गृहका सहसचिव सुवेदी सचिवमा बढुवा

रिपोर्ट नेपाल | 2019 Oct 24 | 06:05 pm 1607

काठमाडौं, कार्तिक ७ : गृह मन्त्रालयका सहसचिव रामकृष्ण सुवेदी सचिवमा बढुवा भएका छन् । मन्त्रिपरिषदको मंगलबारको बैठकले सुवेदीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

सचिव पदमा बढुवाका लागि सुवेदी एक नम्बरमा सिफारिसमा परेका थिए । सुवेदी, बालकृष्ण घिमिरे र दिनेश भट्टराईको नाम सिफारिस भएकोमा सुवेदी सचिव पदमा बढुवा भएका हुन् ।

लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षताको सिफारिस समितिले एक सचिव पदका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेकोमा मन्त्रीपरिषदले सुवेदीलाई बढुवा गर्ने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । सुवेदीलाई कामकाजका लागि पदस्थापना भने गरिसकिएको छैन ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.