कार्तिक १३ गते सार्वजनिक बिदा

| 2019 Oct 24 | 05:32 pm 1487

काठमाडौं, कार्तिक ७ : सरकारले नेवार समुदायको भाइटीका (किजा पूजा) का लागि कात्तिक १३ गते सार्वजनिक बिदा दिने भएको छ ।

गृह मन्त्रालयले बिहीबार भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय गरेको हो । कात्तिक १३ गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गृहसचिव प्रेमकुमार राईले जानकारी दिइका छन् ।

‘नेवार समुदायले किजा पूजाको दिन भाइटीका मनाउने भएकाले त्यस दिन बिदा दिन अनुरोध आएकाले विदाको निर्णय भएको हो,’ राईले भने । तिथिअनुसार कात्तिक १२ गते भाइटीका छ । पञ्चांग निर्णायक समितिको सिफारिसमा सरकारले कात्तिक १०, ११ र १२ गते मात्र बिदा दिने निर्णय गरेको थियो ।

संघीय सांसद कृष्णगोपाल श्रेष्ठ, प्रदेश नम्बर–३ का सांसद डा. अजयक्रान्ति शाक्य, राजेश शाक्यलगायतको टोलीले केही दिनअघि प्रधानमन्त्री केपी ओलीलाई उक्त दिन पनि बिदा दिन आग्रह गरेका थिए । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले बिदा दिने निर्णय गरेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.