धनुषा, कात्तिक ६: जनकपुरमा एकजनाको गोली हानी हत्या भएको छ। हत्या हुनेमा जनकपुरधाम उपमहानगपालिका १ का ४० बर्षीय मनोज साह रहेका छन् ।
स्थानीय पंकज चौधरीले प्रहार गरेको पेस्तोलको गोली लागेर साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिए।
साह जनकपुरस्थित शिव आयल पेट्रोल पम्पका सञ्चालक हुन्। साहको शव जनकपुर अञ्चल अस्पतालमा राखिएको छ।
उनीमाथि पैसा माग्न जाँदा चौधरीले गोली हानेको प्रहरीले जनाए । गोली प्रहार गर्ने चौधरीलाई प्रहरीले पेस्तोलसहित घरैबाट पक्राउ गरेको छ।