गुल्मीमा जीप दुर्घटना, एकको मृत्यु

रिपोर्ट नेपाल | 2019 Oct 23 | 11:00 am 1672

गुल्मी, कात्तिक ६: गए राती जीप दुर्घटनामा परी  एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपमा सवार २८ वर्षीय झमबहादुर विक रेहेका छन् ।

उक्त दुर्घटना कालीगण्डकी गाउँपालिका– ३ जयखानीमा लु १ च ४५४६ नम्बरको जीप रोकिराखेको अवस्थामा अचानक पछाडि गुडेपछि भएको प्रहरीले जनकारी दिए ।

दुर्घटनामा घाइते भएका विकलाई उपचारको लागि राति नै मिशन अस्पताल पाल्पामा लगिएको थियो ।

विकको उपचारको क्रममा राति नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी निरीक्षक राजकुमार रावलले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.