राष्ट्रपति भण्डारी स्वदेश फिर्ती हुँदै

रिपोर्ट नेपाल | 2019 Oct 23 | 10:48 am 1736

काठमाडौं, कात्तिक ६: राष्ट्रपति विद्यादेवी भण्डारी जापान सरकारको मैत्रीपूर्ण निमन्त्रणामा सम्राट नोरुहितोको गद्दी आरोहणको विशेष समारोहमा सहभागी भई बुधबार स्वदेश फिर्ती कार्यक्रम रहेको छ।

उनी गत असोज २९ गते बुधबार म्यानमारका राष्ट्रपति ऊ विन मिन्तको निमन्त्रणामा म्यानमार गएका थिए । म्यानमारबाटै भण्डारी कात्तिक ३ गते जापान प्रस्थान गरेकी हुन् ।

राष्ट्रपति भण्डारी बुधबार बिहान टोकियोको हानेबा विमानस्थलबाट नेपाल प्रस्थान गरिसकेकी छन्।

उनीलाई हानेबा विमानस्थलमा जापानी विदेशमन्त्रीका विशेष सहायक मासासी ओगावा, जापानका लागि नेपाली राजदूत प्रतिभा राणा तथा जापानस्थित नेपाली दूतावासका अधिकारीहरुले बिदाइ गरेको भ्रमण दलमा रहेका अधिकारीहरुले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.