काठमाडौं, कात्तिक ५: मित्रराष्ट्र चीनको उहानमा संचालन भईरहेको सातौं विश्व सैनिक गृष्मकालीन खेलकुद प्रतियोगितामा नेपाली सेनाकी तुलसा खत्रीले मंगलबार Track and Field अन्तर्गत संचालन भएको महिलातर्फको ४०० मिटर दौडमा राष्ट्रिय किर्तिमान राखेकी छन् ।
उनले उक्त दुरी ५९.५७ सकेण्डमा पुरा गरी यस अघिको ५९.९० सकेण्डको राष्ट्रिय रेकर्ड तोडेकी हुन् ।
तुलसा खत्रीले ९ वर्ष अगाडी सन् २०१० मा प्रमिला रिजालले राखेको रेकर्ड ब्रेक गरेकी हुन्। उक्त दौडमा २१ देशका प्रतिस्पर्धीले भाग लिएका थिए ।
यसै गरी आजै संचालन भएको महिलातर्फको १०० मिटर दौडमा नेपाली सेनाकी सरस्वती चौधरीले १२.६६ सकेण्डमा उक्त दुरी पुरा गरी आफ्नो व्यक्तिगत रेकर्डमा सुधार गरेकी छन् । यस दौडमा २६ देशका खेलाडीहरुले भाग लिएका थिए ।
उक्त प्रतियोगितामा आजै दौड सहित विच भलिबल, आर्चरी र महिला वक्सिङ्ग गरी ४ खेल सम्पन्न भएको छ ।