घट्यो सुनको भाउ

रिपोर्ट नेपाल | 2019 Oct 22 | 01:51 pm 1864

काठमाडौं, कात्तिक ५: केही दिन स्थीर रहेको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँले घटेको छ ।

मंगलबार तोलाको ७० हजार २ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिए ।

सोमबार र आइतबार तोलाको ७० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ मंगलबार तोलामा २ सय रुपैयाँ घटेको हो ।

चाँदी भने तोलाको ८ सय ५० रुपैयाँमै कारोबार भैरहेको महासंघले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.