ललितपुर, कात्तिक ५: आफ्नै स्कुलको बसले किचेर ललितपुरको गोदावरी नगरपालिका–९ मा एक विद्यार्थीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा होली टेम्पल विद्यालय छम्पीका कक्षा एलकेजीमा अध्ययनरत आठ वर्षीय नवीन घिमिरे रहेको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिए ।
प्रहरीले दिएको जानकारी अनुसार विद्यालयको बा २ ख ५००९ नम्बरको बसले किच्दा घिमिरेको घटनास्थलमै मृत्यु भएको हो ।
स्थानीय प्रत्यक्षदर्शीले जनाए अनुसार विद्यालय जाने क्रममा उनी बस चढेलगत्तै ढोकाबाट खसेको र सोही बसको पछाडिको पांग्राले किचेको बताए ।
उक्त बसको चालक र बसलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको बुझिएको छ ।