अवैध घरेलु मदिरा भट्टी नष्ट, कस्तुरी ब्राण्डका रक्सी ५० कार्टुन बरामद

रिपोर्ट नेपाल | 2019 Oct 21 | 07:45 pm 2487

बारा, कात्तिक ४: अवैध रुपमा संचालन गरिएको घरेलु मदिरा भट्टी प्रहरीद्वारा नष्ट गरिएको छ । सोमबार दिउँसो १२ बजेको समयमा जिल्ला प्रहरी कार्यालय बारा तथा प्रहरी चौकी गंजभवानीपुर र प्रहरी चौकी बरियारपुर बाराबाट खटिएको प्रहरी टोलिले नष्ट गरेको हो ।

बारागढी गाउँपालिका वडा नं ६ गडहल स्थित राजकपुर चौधरी, धिरेन्द्र चौधरी, महागढीमाई नगरपालिका वडा नं १० गंजभवानीपुर स्थित अजय कुमार जयसवाल, वडा नं ११ मधुरी टोल स्थित संजय थापा र कामेश्वर कलवारले संचालन गरेको अवैध मदिरा भट्टी (५ वटा, कच्चा पदार्थ ३ हजार लिटर र तयारी मदिरा १ सय लिटर नष्ट गरिएको प्रहरीले जानकारी दिए ।

त्यसैगरी कस्तुरी ब्राण्डका रक्सी पनि बरामद गरेको छ । सोमबा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलीले बारा सिम्रौनगढ नगरपालिका वडा नं १ रेगनियाघाटबाट बरामद गरेको प्रहरीले जानकारी दिए ।

नेपाल भारत सिमानाकामा नेपालबाट भारत तर्फ निकासीको लागि लुकाई छिपाई राखेको अवस्थामा अन्दाजी ८५ हजार बराबरको ५० कार्टुन कस्तुरी ब्राण्डको रक्सी र रक्सी लोड गरी राखेको साईकल ५ थानसमेत फेला पारी बरामद गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.