काठमाडौं, कात्तिक ४: सोमबार बिहान काठमाडौं बौद्धबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जना पक्राउ परेका छन् । बौद्धको नयाँबस्तीबाट पक्राउ परेका उनीहरुको नाम भने गोप्य राखिएको छ ।
पक्राउ परेका उनीहरुको साथबाट ३५ हजार रुपैयाँ बराबरको नक्कली नोटसमेत बरामद गरेको काठमाडौं प्रहरी परिसर टेकुका डीएसपी होविन्द्र बोगटीले जानकारी दिए । पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको बुझिएको छ ।