महरालाई पाँच दिन हिरासतमा राख्न अनुमति

| 2019 Oct 20 | 07:12 pm 1706

काठमाडौं, कात्तिक ३: निवर्तमान सभामुख कृष्णबहादुर महरालाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

जिल्ला अदालत काठमाडौंमा आइतबार भएको थुनछेक बहसपछि न्यायाधीश बाबुराम सुवेदीको इजलासले कात्तिक २ गतेदेखि लागू हुनेगरी ५ दिन हिरासतमा राख्न आदेश दिएको हो ।

पहिलो पटक पाएको १३ दिनको म्यादमा महराले बयान नदिएर म्याद गुजारेका थिए । तर, आज भने उनले सरकारी वकिलको कार्यालयमा झन्डै ७ घण्टा बयान दिएका हुन् ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि यौन दुव्यर्वहारको प्रयास गरेको आरोपमा उनी पक्राउ परेका थिए । सुरुमा शाहीले आफुमाथि महराले यौन दुर्व्यवहार गरेको आरोप लगाएपनि त्यसपछि उनले केहि पनि नगरेको दाबी गर्दै आएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.