विद्युत चोरी कार्यमा संलग्न ४३ जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Oct 20 | 05:38 pm 2032

बारा, कात्तिक ३: अवैध रुपमा विद्युत चोरी गर्ने ४३ जनालाई पक्राउ गरिएको छ ।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय बारा, सशस्त्र प्रहरी बल तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्रबाट खटिएका कर्मचारीको संयुक्त टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

बारा करैयामाई गाउँपालिका वडा नं.१,२,३,४,५,६,७ र ८ स्थित हरैया, ठुलो लौटन, सहजैली, मधुबन, तेतरीया, सिसुवा, ठोरीयाही, बोधबन लगायत गाँउमा अवैध रुपमा विद्युत चोरी गर्ने कार्यमा संलग्न रहेका ४३ जना व्यक्तिहरुलाई नियन्त्रणमा लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.