राष्ट्रपति भण्डारी जापान प्रस्थान

| 2019 Oct 20 | 01:04 pm 1015

काठमाडौं, कात्तिक ३: राष्ट्रपति विद्यादेवी भण्डारी म्यानमारको मैत्रीपूर्ण निमन्त्रणामा राजकीय भ्रमण पूरा गरी जापान प्रस्थान गरेकी छन् ।

आइतबार स्थानीय समयअनुसार मध्यान्ह १२.१० मा प्रस्थान गरेकी हुन् । उनी थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै राष्ट्रपतिको प्रतिनिधिमण्डल राति जापान पुग्ने बुझिएकोछ ।

राष्ट्रपति भण्डारीलाई याङ्गुन अन्तर्राष्ट्रिय विमानस्थलमा म्यान्माको धार्मिक मामिला तथा संस्कृतिमन्त्री छुरा यु आङ को, याङ्गुनका मुख्यमन्त्री यु फियो मिन थिन र म्यान्माको लागि नेपाली राजदूत भीमकृष्ण उदासलगायतले बिदाइ गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.