घट्यो सुनको मुल्य चाँदी स्थीर

रिपोर्ट नेपाल | 2019 Oct 20 | 12:15 pm 1996

काठमाडौं, कात्तिक ३: केही दिनदेखि स्थिर रहेको सुनको मूल्य आइतबार घटेको छ। (आज) आइतबार सुनको मुल्य तोलामा २ सय रुपैयाँले घटेर ७० हजार ४ सयमा कारोबार भइरहेको नेपाल सुनभचाँदी व्यवसायीले जानकारी दिए।

त्यस्तै तेजाबी सुन ७० हजार १ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। चाँदी भने तोलामा ८ सय ५० कारोबार भइरहेको छ ।

शुक्रबार ७० हजार ६ सय रुपैयँमा र तेजाबी सुन ७० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी ८ सय ५० रुपैयाँमा कारोबार भएको हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.