भैरहवा, असोज ३०: सन् २०२० देखि सञ्चालनमा ल्याउने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थलको तीन किलोमिटर धावनमार्ग निर्माण सकिएको छ।
साथै प्रशासनिक भवन पनि अन्तिम चरणमा पुगेको छ। मार्वल बिछ्याउने तथा टायल्स लगाउने काम भइरहेको छ। टर्मिनल भवनमा मार्वल, टायल, सीसीटिभी, एक्स–रे मेसिन जडानलगायत काम भइसकेको छ। आगमन तथा प्रस्थान भवनको छानो लगाउने काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ।
विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थल सञ्चालनका लागि आवश्यक संरचना निर्माणअन्तर्गत भौतिक संरचना निर्माण अन्तिम अवस्थामा छ। टर्मिनल भवन फिनिसिङ र केही उपकरण जडानको काम भइरहेको जानकारी दिए।
मुख्य उपकरण जडानको काम मात्र बाँकी रहेको आयोजना प्रमुख अधिकारीको बताए। उपकरण जडान भएपछि भौतिक प्रगती बढ्ने उनले बताए। विमानस्थलको भौतिक पूर्वाधार तर्फ ८२ प्रतिशत काम सम्पन्न भइसकेको छ। पछिल्लो समय ओभरहेड ट्यांकी निर्माण, टर्मिनल भवनमा छानो लगाउने काम एकसाथ अगाडि बढाइएको छ। अब स–साना काम मात्र बाँकी रहेको बताए।
उपकरण जडानका लागि सबै सामाग्री नआएकाले कार्यलाई अगाडी बढाउने नसकेको आयोजना प्रमुख अधिकारीले भने, युरोपेली देश, अमेरीका तथा चीनबाट आउने उपकरण बाटोमै छ। उपकरण आइपुगेपछि सम्भवतः सन् २०१९ डिसेम्बरसम्ममा विमानस्थलको काम सम्पन्न हुने अपेक्षा गरिएको जनाए ।