सोलुखुम्बु, असाेज २९: खुम्बु पासङल्हामु गाउँपालीका १ बुक्सामा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ। मंगलबार अपराहन्न घाँस काट्न जाने क्रममा लडेर मृत्यु भएकाे हाे । मृत्यु हुनेमा माप्यदुधकोशी गाउँपालीका १ जुभिङकी १९ वर्षीया अरुणा राई रहेकाे सोलुखुम्बु प्रहरीले जानकारी दिए ।
घटना स्थलमा जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुबाट प्रहरी निरीक्षक उत्तम कार्कीको कमाण्डमा टोली खटिएको छ। घटनाको विषयमा विस्तृत विवरण भने आउन बाँकी रहेको जिल्लाका प्रहरी प्रमुख डिएसपी नारयणप्रसाद चिमाेरियाले बताए।