मुसाको गोलले नाइजेरिया विजयी, स्विजरल्याण्डद्वारा सर्बिया पराजित

रिपोर्ट नेपाल | 2018 Jun 23 | 06:23 am 3397

रूस – अहमेद मुसाको २ गोलको मद्दतमा आइसल्याण्डलाई २–० ले पराजित गर्दै नाइजेरियाले विश्वकप फुटबलमा पहिलो जित दर्ता गरेको छ। भोल्गोग्राड एरिना रंगशालामा शुक्रबार सम्पन्न दोस्रो खेलमा आइसल्याण्डलाई विजयी गराउन खेलको ४९ र ७५ औं मिनेटमा मुसाले गोल गरे। आइसल्याण्डले दुवै गोल खेलाडीको तालमेलको अभाव कारण खान पुगेको थियो। खेलको ८३ औं मिनेटमा पाएको पेनाल्टीमा गोल गर्न नसक्दा आइसलयाण्डले गोलअन्तर कम गर्ने मौका गुमाएको थियो।

डि बक्सभित्र आइसल्याण्डका फिन बोगाशनलाई नाइजेरीयाका खेलाडीले लडाएपछि भिडियो असिस्टेन रेफ्री (भिएआर) मार्फत पाएको पेनाल्टीमा आइसल्याण्डका सिगुर्डसनले गोल गर्न सकेनन्। पहिलो हाफमा बराबरी खेलेका नाइजेरीयाले दोस्रो हाफमा भने दुई गोल गर्दै महत्वपूर्ण ३ अंक जोडेको हो। पहिलो खेलमा नाइजेरिया क्रोएसियासँग पराजित हुँदा आइसलयाण्डले भने बलियो टोली अर्जेन्टिनालाई बराबरीमा रोकेको थियो।

त्यसैगरी शुक्रबार राती भएको तेस्रो खेलमा स्विजरल्याण्डद्वारा सर्बिया पराजित भएको छ । पहिलो हाफमा एकगोलले पछि परेको अवस्था उल्ट्याउँदै स्विजरल्याण्डले जारी विश्वकपमा पहिलो जित दर्ता गरेको हो।

सर्बिया विरुद्धको आफ्नो दोश्रो खेलमा स्विजरल्याण्डलाई महत्वपूर्ण जित दिलाउने क्रममा खेलको ५२ औं मिनेटमा ग्रयानिट जाकाले बराबरी गोल गरे। उनले २५ यार्ड टाढा बाट प्रहार गरेको बलले सिधै गोलपोष्टको जालि चुमेको थियो। त्यसपछि खेलको ९० औ मिनेटमा स्विजरल्याण्डका लागि विजयी गोल हुन पुग्यो। सकिरीले गरेको उक्त गोलले स्विजरल्याण्ड विजयी मात्रै नभई अघिल्लो चरण प्रवेसको सम्भावनालाई समेत मजबुत बनायो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.