राजनीति चीनका राष्ट्रपति सी भारतको चेन्‍नईबाट काठमाडौं प्रस्थान

रिपोर्ट नेपाल | 2019 Oct 12 | 03:03 pm 1280

काठमाडौं, २५ आसोज :  चीनका राष्ट्रपति भारतको चेन्नइबाट नेपालका लागि प्रस्थान गरेका छन्। दुई दिने भारतको अनौपचारिक भ्रमणमा रहेका सी जिनपिङ नेपाल भ्रमणका लागि शनिबार दिउँसो प्रस्थान गरेको भारतीय समाचार एजेन्सी एएनआइले लेखेको छ।

सी भारतको चेन्नइस्थित महाबलिपुरममा दुई दिने अनौपचारिक भ्रमणमा थिए। जहाँ उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक छलफल गरेका थिए। भारतको भ्रमण सकेर सी काठमाडौंका लागि प्रस्थान गरेका हुन्।

उनी अपराह्न ५ बजे काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्ने कार्यतालिका रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.