उपराष्ट्रपति पुनद्वारा बुबाको हातबाट टीका ग्रहण

रिपोर्ट नेपाल | 2019 Oct 08 | 01:45 pm 2573

काठमाडौं, २१ असोज : आज विजया दशमी अर्थात् बडा दशैंका दिन उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले आफ्ना बुवाबाट टीका तथा जमरा ग्रहण गरेका छन्। पुनले उपराष्ट्रपति भवन हरितगृहमा ८६ वर्षीय बुवा रामसुर पुनबाट दशैं टीका ग्रहण गरेका हुन्।

दशैंको टीकाको शुभसाइत पारेर उनले बुवाका हातबाट दशैंको टीका तथा आशीर्वाद ग्रहण गरेका हुन्। सो क्रममा उपराष्ट्रपति पुनले केही आफन्तजनहरू, सचिवालयका सदस्यहरूलाई पनि टीका लगाइदिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.