रेस्टुरेन्टका संचालक अकबर शाह सुन तस्करीको आरोपमा पक्राउ

रिपोर्ट नेपाल | 2018 Jun 22 | 04:46 pm 4401

काठमाडौं, असार ८ :  साढे ३३ किलो सुन तस्करीमा संलग्न भएको अभियोगमा व्यवसायी अकबर शाह पक्राउ परेका छन् ।पुल्चोकस्थित लबिम मलमा रेस्टुरेन्ट संचालन गर्दै आएका व्यवसायी अकबर शाहलाई पक्राउ गरेको छ ।
बिहीबार साँझ विशेष समितिले पक्राउ गरेको हो ।

संगठित सुन तस्करीमा अकबरको पनि मिलेमतो रहेको समिति स्रोतको दाबी छ । शष्हालाई मंगलबार मात्रै समितिले विमल पोदारलाई डिल्लीबजारमा नियन्त्रणमा लिएको थियो ।

डिल्लीबजारमा रहेको एक अर्पाटमेन्टको १६ औं तल्लामा एड्रेस लाउन्ज संचालन गर्ने पोदार यसअघि हुण्डी र विदेशी मुद्राको अवैध कारोवारमा समेत मुछिएका थिए । समिति स्रोतका अनुसारआज बयान लिने काम भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.