काठमाडौं, असोज १४: एक महिलाको डेरामा पुगेर बलात्कार गरेको आरोप लागेका सभामुख कृष्णबहादुर महराको विषयमा छलफल गर्न नेकपाका नेताहरु आन्तरिक छलफलमा जुटेको बुझिएको छ ।
रिपोर्ट नेपाललाई एक स्रोतले दिएको जानकारी अनुसार अहिले नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सहित अन्य नेताहरु बालुवाटारमा छलफलमा जुटेको बुझिएको छ ।
सभामुख महरालाई संसदमै काम गर्ने एक महिलाले बलात्कार गरेको आरोप लगाएकी छिन् ।