चितवन, असार ८: शारीरीक सम्पर्कका लागि केटी मिलाइदिने भन्दै ठगि गर्ने तीन जनालार्इ प्रहरीले नियन्त्रणमा लिएको छ । ठगी गर्ने तीन जनालाई चितवनमा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भरतपुर महानगरपालिक ७ बस्ने वर्ष २४ का राजकुमार चौधरी र सोही स्थानकै १९ वर्षीय डेविट सिलवाल र एक महिला छन् ।
उनीहरुले शारीरिक सम्पर्कका लागि एक जनासँग एक रातको १० हजार नगद लिएका थिए । रकम लिएपछि महिलासहित तीनै जना फरार भएका थिए ।
यौन सम्पर्कका लागि तयार भनिएकी ३७ वर्षीय एक महिलालाई पनि पक्राउ गरी आवश्यक अनुसन्धान गरिरहेको जनाएको चितवनका प्रहरी प्रमुख सुशीलसिंह राठौरले जानकारी दिए ।
पक्राउ परेका तीनै जनाविरुद्ध सार्वजनिक मद्दा चलाएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।