काठमाडाैं, असाेज १०: नागढुंगा–नौबिसे सडकखण्डको लामाे समय जाममा परेको बेला गाडीमा रहेकाे एक यात्रुको मृत्यु भएको छ ।
जनकपुरबाट काठमाडाैंतर्फ आईरहेकाे ना ७ ख ५३६४ नम्बरको बसमा यात्रुकाे मृत्यु भएकाे हाे । मृत्यु हुनेमा रौतहट गरुणा नगरपालिका ८ का ३५ वर्षका रुपलाल शाह रहेका छन् । उनको जाममा परेका बेलामा बिहान ज्यान गएको प्रहरीले जानकारी दिए ।
शाह क्यान्सर पीडित भएको परिवारले बताए । गाडीमा सवार रहेका शाहको के कारणले ज्यान गएको हो भन्ने बारेमा केही पत्ता लागेकाे छैन । अहिले शाहको शव पोष्टमार्टमको लागि लैजाने तयारी भइरहेकाे प्रहरीले जनाए ।