जनसम्पर्क गोष्ठी सम्पन्‍न

रिपोर्ट नेपाल | 2019 Sep 24 | 10:14 pm 2219

काठमाडौं, असोज ७: मंगलबार जनसम्पर्क तथा सूचना निर्देशनालयले जंगी अड्‍डामा वरिष्ठ पत्रकारहरु तथा नेपाली सेनाका अधिकृतहरुको उपस्थितीमा एक दिने जनसम्पर्क गोष्ठी आयोजना गरिएको छ ।

गोष्ठीमा स्वागत मन्तव्य राख्‍नु हुँदै जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायक रथी बिज्ञान देव पाण्डेले नेपाली सेना र संचार जगतका बीचको सम्बन्धलाई थप सुदृढ बनाउने तथा संचारकर्मीहरुबाट राय सुझावहरु प्राप्त गर्ने उद्देश्यका साथ उक्त गोष्ठी संचालन भएको बताए ।

मन्तव्यको क्रममा उनले नेपाली सेनाको आफ्नो संस्थागत जिम्मेवारी, कार्यहरु तथा चरित्र र आचरणका बारेमा सदा पारदर्शिता रहेको साथै भविष्यमा अझ बढी खुल्ला र पारदर्शी रुपमा स्थापित हुन तयार रहेको समेत बताए ।

यसैगरी उनले आगामी दिनहरुमा पनि संचारकर्मीहरुबाट निरन्तर रुपमा रचनात्मक सल्लाह र सुझाव प्राप्त हुनेमा विश्‍वास व्यक्त गरेका थिए ।

उक्त गोष्ठीमा घटना र विचार साप्ताहिकका सम्पादक बबिता बस्नेत, रिपब्लिका दैनिकका प्रमुख संवाददाता कोषराज कोईराला, अन्नपूर्ण पोस्ट अनलाईनका सम्पादक विष्णु सुवेदीलगायत वरिष्ठ संचारकर्मीहरुले प्रस्तुतिकरण गरेका थिए ।

गोष्ठीको समापनमा पूर्व रक्षा सचिव आत्माराम पाण्डेले विभिन्‍न मिडियाका वरिष्ठ संचारकर्मीहरुले गरेका प्रस्तुतिकरण तथा अन्तरक्रियाको बारेमा समिक्षात्मक विश्‍लेषण गरिएको थियो ।

उक्त गोष्ठीमा पूर्व रक्षा सचिव आत्माराम पाण्डे, विभिन्‍न मिडियाका वरिष्ठ पत्रकारहरु, सरकारी मिडियाका रक्षा संवाददाताहरु, नेपाली सेनाको पृतना हेडक्वाटरमा कार्यरत जनसम्पर्क अधिकृत तथा विभिन्‍न कार्यालयमा कार्यरत अधिकृतहरुको उपस्थिती रहेको थियो ।

यस प्रकारको गोष्ठीबाट नेपाली सेना र सञ्‍चार जगत बीचको आपसी सम्पर्क र सम्बन्ध अझ सुदृढ हुने विश्‍वास नेपाली सेनाले लिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.