चार जनालाई घाइते बनाउने राँगाे प्रहरीले गाेली हानी मारे

रिपोर्ट नेपाल | 2019 Sep 24 | 10:19 am 2542

काठमाडौं, असाेज ७ : मंगलबार कालीमाटीमा राँगोले हान्दा चारजना घाइते भएका छन् । मासुका लागि तराइबाट ल्याइएको राँगो कालीमाटीमा ट्रकबाट झार्ने क्रममा भाग्दा सडकमा निस्किएर चारजनालाई हानेर घाइते बनाएको थियो । त्यहाँबाट भागेको राँगोलाई खिचापोखरीमा घेरा हालेर महानगरीय प्रहरी परिसरको टोलीले गोली हानि मारेकाे थियो ।

महानगरीय प्रहरी परिसरका एसएसपी उत्तमराज सुवेदीले दिएको जानकारीअनुसार राँगोले हानेर घाइते भएका चारजनाको काठमाडौंमा उपचार भइरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.