वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी बिमला पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 23 | 05:56 pm 2130

काठमाडौं, असोज ६ : वैदेशिक रोजगार ठगी मुद्दाका एक फरार प्रतिवादीलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको छ ।

जिल्ला अदालत काठमाडौंको फैसलाबाट एक लाख ५० हजार कैद र १ वर्ष ६ महिना सजाय पाइ फरार रहेकी काठमाडौं महानगरपालिका १० कि बिमला थापालाई प्रहरीले वानेश्वरबाट पक्राउ गरेको हो ।

उनलाई काठमाडौं जिल्ला अदालत मार्फत कैद भुक्तानका लागि केन्द्रीय कारागार कार्यालय सुन्धारामा पठाइएको ब्यूरोले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.