काठमाडौँ, असोज ५ : नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीले गृहमन्त्री रामबहादुर थापासँग चिनियाँ राष्ट्रपति सी चिनफिङको आसन्न भ्रमणको सुरक्षा व्यवस्था बारे छलफल गर्न भेट गरेकी छन् ।
गृहमन्त्री थापासँग राजदूत यान्छीले आफ्ना राष्ट्रपतिको असोज अन्तिम साता हुने भनिएको भ्रमणका बेला नेपाल सरकारले गरिरहेको सुरक्षा व्यवस्था बारे जानकारी लिन र आवस्यकताहरु बारे जानकारी दिन भेट गरेकी हुन्। सिंहदरबारमा गृहमन्त्री थापा र राजदूत यान्छीबीच छलफल जारी रहेको गृह मन्त्रालयका अधिकारीले जानकारी दिएका छन्।
चिनियाँ राष्ट्रपति सी असोज अन्तिम साता नेपालको औपचारिक भ्रमणमा आउने तय भएपनि सरकारले मिति भने सार्वजनिक भइसकेको छैन।