बालकोट कपास उद्योगमा भीषण आगलागी

रिपोर्ट नेपाल | 2019 Sep 22 | 07:58 am 1873

भक्तपुर, असाेज ५: आइतबार बिहान भक्तपुरकाे सूर्यविनायक नगरपालिका २ बालकोट सागबारीमा रहेको कपास उद्योगमा भीषण आगलागी भएको छ ।  करिब ५ बजेबाट सुरू भएको आगो स्थानीय, प्रहरीले निभाउने प्रयास गरिरहेका भक्तपुर प्रहरी प्रमुख सविन प्रधानले जानकारी दिए।

प्रधानका अनुसार आगलागी भोजपुर षडानन्द नगरपालिका-४ दिङ्लाकी सरिता चौंलागाईंले ४ वर्षदेखि सञ्चालन गरेको मनकामना कपास उधोगमा आगलागी भएकाे बताए । आगलागीबाट उद्योग पूर्णरुपमा क्षति भएको छ । प्रहरी प्रमुख प्रधानले आगलागीबाट करिब २५ लाख क्षति भएको अनुमान गरिएको बताए ।

आगो निभाउन भक्तपुर, ललितपुर र काठमाडौंका दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना परिचालित छन् ।आगो निभाउने क्रममा प्रहरी जवान श्यामप्रसाद त्रिपाठी घाइते भएका छन् । घाइते त्रिपाठीको समिट अस्पताल लोकन्थलीमा उपचार भइरहेको प्रहरी प्रमुख प्रधानले जनाए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.