आजबाट अग्रिम टिकट खुल्ने

रिपोर्ट नेपाल | 2019 Sep 22 | 06:54 am 1927

काठमाडौं, असाेज ५: विभिन्न कामकाे सिलसिलामा आफ्नाे गृह जिल्ला छाेडी काठमाडाैंमा बसाेबास गरेका देशभरका आम नागरिकहरू   दशैं मनाउन उपत्यका बाहिर घर जाने यात्रुका लागि आज (आइतबार) बाट अग्रिम टिकट खुल्ने भएको छ । यातायात कम्पनीहरुले आइतबारबाट दशैँका लागि टिकट बुकिङ सुरु गर्न लागेका हुन् ।

यातायात व्यवस्था विभागमा केही दिन अघि यातायात व्यवसायीसँग भएको छलफल गरी निर्णय गरे अनुसार आइतबारबाट दशैँका लागि टिकट बुकिङ खुला हुने सहमती भएकाे हो ।

आइतबारदेखि लामो दूरीमा चल्ने बसको टिकट बुकिङ खुल्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ । काठमाडौं उपत्यका नजिकका जिल्लाका लागि भने टिकट बुकिङ खुल्न अझै केहि दिन लाग्ने महासंघले जनाएको छ ।

टिकट बुकिङ कलंकी, बल्खु, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर, तिलगंगा, चाबहिल, स्वयम्भू, सुन्धारा, नागढुंगा, जगाति र लगनखेललगायतका स्थानमा सुरु हुनेछ ।

यसपटकको दशैँमा करिब ३५ लाख मानिसले काठमाडौं छाड्ने अनुमान छ । यसैबीच, उपकत्यकामा यात्रु सहायता कक्ष भने असोज १० गतेबाट खुल्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.