असामाजिक गतिविधिमा संलग्न तेस्रोलिङ्गीसहित ३० जना गोंगबुबाट पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 19 | 06:51 pm 2380

काठमाडौं, असोज २ : प्रहरीले राजधानीको गोंगबुबाट ३० जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तेस्रो लिङ्गी २ जना, महिला ८ जना र २० पुरुष जना गरी ३० जना रहेको महानगरीय प्रहरी वृत्त महाराजगन्ज प्रमुख डीएसपी उमेश लम्सालले जानकारी दिएका छन् ।

असामाजिक र शंकास्पद गतिविधिमा संलग्न रहेको पाइएपछि उनीहरुलाई नियन्त्रणमा लिएको जानकारी दिँदै डीएसपी लम्सालले पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.