बाँके, भदाै ३१: नेपाल–भारत सिमा क्षेत्रबाट अवैध हतियार एयर गनसहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपालगन्ज कारकाँदो निवासी ५५ वर्षीय प्रजुन गिरी रहेका छन्।
उनलाई नेपालगन्ज उपमहानगरपालिका–१६ स्थित नेपालगन्ज भन्सार कार्यालयको मुख्य गेट अगाडीबाट चेकजाँच गर्दा सोमबार बेलुका ७ बजेर २० मिनेटमा पक्राउ गरिएको प्रहरीले जानकारी दिए।
गिरीको साथबाट ‘वान टोए’ एयर गन र त्यसमा प्रयोग हुने ५ सय थान छर्रा बरामद गरिएको सशस्त्र प्रहरी नायव उपरीक्षक नवराज बोहराले जनाए।
सशस्त्र प्रहरी नायव निरीक्षक चन्द्रबहादुर रानाको कमाण्डमा खटिएको टोलीले भारतको रुपैडिहाबाट नेपालगन्जतर्फ आउँदै गरेको युपी ४० ए.सी.१५१८ नम्बरको गाडी चेकजाँच गर्दा उक्त हतियार फेला परेको हाे ।