कैलाली, भदौ ३०: गौरीगंगा नगरपालिका-६ स्थित आनन्द सामुदायिक वनबाट अवैध रूपमा राखिएकाे ३ थान भरुवा बन्दुक प्रहरीद्वारा बरामद गरिएको छ ।
ईलाका वन कार्यालय चौमालाबाट वन रक्षकको गस्ती टोलीले गस्ती गर्दै जाँदा चोरी शिकारी गर्ने अपरिचित ४/५ व्यक्तिहरुले देख्नासाथ उक्त बन्दुक फाली फरार भए पश्चात उक्त बन्दुक बरामद भएको हो ।
घटनाको जानकारी प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जानकारी प्राप्त भएकाे छ ।