अछाममा गाउँपालिकाका प्रमुख साउदमाथि गाेली प्रहार

| 2019 Sep 16 | 07:23 am 2242

अछाम, भदाै ३०: जिल्लाकाे रामारोशन गाउँपालिका प्रमुख झंकरबहादुर साउदमाथि अज्ञात समूहले गोली प्रहार गरेको छ। आइतबार साँझ घरमै बसेको बेला अज्ञात समूहले गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए।

डिएसपी शाहीका अनुसार कुनै मानविय क्षति भने भएको छैन। ‘उनी (गाउँपालिका प्रमुख)सुरक्षित रहेका छन् । प्रमुखलाई लक्षित गरी गोली प्रहार भएको थियाे। उनले भने, ‘तर कसैलाई पनि गोली लागेको छैन। हामी घटनास्थलमै छौं।

घटनास्थलबाट चाइनिज गोलीको खोका बरामद गरिएको उनले बताए। गोली कसले किन चलायो भन्नेबारे केही नखुलेकाे उनले बताए ।

ह

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.