काठमाडौं, भदाै २९: लगातार रूपमा बढेकाे सुनको भाउ पुनः लगातार घट्ने क्रम जारी रहेकाे छ। आइतबार पनि सुनको मूल्य ४ सयले घटेर बजारमा छापावाल सुन प्रति ताेला ७० हजार २ सय रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
त्यसैगरी, तेजाबी सुन ६९ हजार ९ सयमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ८ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जानकारी दिए।