नवलपरासी, भदाै २९: पूर्व नवलपुरको बौदीकाली गाउँपालिका –५, का कार्यवाहक वडा अध्यक्षको निधन भएको छ । मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –५ बबोक घर भएका ६८ वर्षीय कुल सिंह रानाको आइतबार निधन भएको हो ।
रानाकाे उच्च रक्तचापका कारण निधन भएको छिमेकी बलबहादुर अस्लामीले बताए । उनको उपचारको क्रममा भरतपुरमा निधन भएको हो ।
वडा सदस्यमा निर्वाचित भएका राना वडा अध्यक्षको निधन पश्चात् कार्यवाहक वडाध्यक्षका रुपमा काम गर्दै आएका थिए।
गत वर्ष वडा अध्यक्ष दलबहादुर खरु मगरको पनि उच्च रक्तचापकै कारण निधन भएको थियो । वडा अध्यक्षको निधनपछि उनले कार्यवाहकका रुपमा वडाध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका थिए ।