अवैध लागूऔषधसहित पाँच जना पक्राउ

रिपोर्ट नेपाल | 2019 Sep 15 | 01:33 pm 1639

मकवानपुर, भदाै २९: अवैध लागूऔषध गाँजा र चरेशसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । हेटौंडा–१५ रातोमाटे लच्का र राक्सीराङ गाउँपालिकाबाट लागूऔषधसहित पाँच जना पक्राउ गरिएको प्रहरीले जानकारी दिए ।

पक्राउ पर्नेमा भारत बिहार मजुफ्फरपुर जिरोमाइरोडका २८ वर्षीय शिवराज सिंह, २४ वर्षीय ज्ञानीकुमार पास्वान र भारत बिहार छपराका २४ वर्षीय राजु महतो रहेकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (एसपी) मुकेश कुमार सिंहले जानकारी दिए ।

उनीहरूले बीआर ०१ पीएफ ७९९८ नम्बरको भारतीय कारमा लुकाएर मकवानपुरबाट भारततर्फ लैजान लागिएको अवस्थामा ४ केजी ९ सय ग्राम चरेशसहित प्रहरीले हेटौँडा–१५ रातोमाटेबाट पक्राउ गरेको हो ।

यसैगरी, मकवानपुरको राक्सीराङ गाउँपालिका–४ कालिका दोभानबाट १२ केजी ४ सय ग्राम लागुऔषध गाँजासहित २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलाश गाउँपालिका –८ का २६ वर्षीय राजकुमार थिङ र साेही ठाउँका २१ वर्षीय दिपेश थिङ रहेकाे प्रहरीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.