बर्दिया, भदाै २८: ६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गुलरिया नगरपालिका-१ खोल्टाडीका २० वर्षीय यशुव नेपाली रहेकाे प्रहरीले जानकारी दिए ।
ती बालिकालाई नेपालीले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बर्दिया र प्रहरी चौकी खैरापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बुझिएकाे छ ।