वडा कार्यालयमा अज्ञात समुहद्वारा आगजनी

| 2019 Sep 13 | 11:57 am 1929

कञ्चनपुर, भदाै २७ : गएराती भीमदत्त नगरपालिका –१९ को वडा कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ। कार्यालयमा लगाएकाे ताला ताेडफाेड गरी आगजनी गरिएको हो।

ताेडफाेड गरी गरिएकाे आगजनीबाट कार्यालय भित्र राखिएका फर्निचर, महत्वपूर्ण कागजपत्र, दराजलगायत जलेर नष्ट भएकाे नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए।

आगजनी गरिएको ठाउँमा नेकपा (विप्लव) समुहको नामको पर्चा समेत फेला परेको प्रमुख विष्टले बताए । उक्त आगजनी कसले गरेको हो भन्ने बारे अझै पत्ता लाग्न सकिरहेकाे छैन ।

आगजनीबाट कार्यालयमा भएको क्षतिको विवरण भने संकलन भैरहेको बुझिएकाे छ। प्रहरीले अगाजनी गरिएको बारे अनुसन्धान प्रकृया अगाडी बढाएको जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.